अर्घाखाँचीमा तरुण दल जिल्ला कार्य समितीको सहसचिवमा अर्जुन पोखरेल मनोनीत


कमला घिमिरे
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल जिल्ला कार्य समिती अर्घाखाँचीको सहसचिवमा अर्जुन पोखरेल मनोनीत भएका छन् । 
आईतवार बसेको तरुण दल जिल्ला कार्यसमितिको बैठकले पोखरेललाई सहसचिवमा मनोनीत गरेको हो । 
नेपाल तरुणदल अर्घाखाँची-काठमाडौ सम्पर्क समिति संस्थापक अध्यक्ष रहेका  पोखरेलले संगठनलाई सक्रिय बनाएर अगाडी लैजाने बताएका छन् । उनले कांग्रेसको आगामी १४ औं अधिवेशनमा धेरै भन्दा धेरै युवाहरुलाई अगाडी बढाउने बताए ।
उता काठमाडौंमा व्यवसाय गर्दै आएका पोखरेल अब जिल्लामा बसाई सरेका छन् ।