हरि कुँवर
पणेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिका वार्ड नं १ पणेनाका रोगबाट पीडित बालकको उपचारका लागि अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मंच संस्थाले आर्थिक सहयोग गरेको छ ।
पणेनाका रोगबाट पीडित बालकको उपचारका लागि अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मंच संस्थाले १० हजार रुपैया आर्थिक सहयोग गरेको हो ।
काठमाडौंको सिभिल अस्पतालमा उपचाररत रनिक परियारलाई आर्थिक सहयोग गर्न परिवारले आग्रह गरेको संस्थाका अध्यक्ष रन्जित कुमार छेत्रीले बताए ।
पणेनाको वासारुखका राम बहादुर परियारका ४ वर्षीय छोरा रनिक परियार जीवन् र मृत्यु संग लडिरहेका छन् । आर्थिक अवस्था निकै कमजोर भएपछि परिवारले सहयोगको लागि अपिल गरेको छ ।
रनिक परियार जन्मेको चार महिनादेखि शरीरमा रातो रगत नहुने (थालासिमिया) नामक रोग लागेको थियो । नाबालक रनिक परियार लाई दिल्लीको सब्दतजङ अस्पताल उपचार गर्न लगेपछि रोग पत्ता लागेको रनिकका बुबा राम बहादुर परियारले बताए । रनिक अहिले काठमाडौं को सिभिल अस्पतालमा उपचाररत छन ।
राम बहादुर परियारले गुनासो सुनाउदै भने “पीडाले थिचेको छ। समस्याको पहाड अगाडी छ । छोरा को पीडाले पनि निद्रा लाग्दैन रहेछ। “
बाबुको उपचार खर्चमा सम्पत्ति सकियो रिन लाग्यो छोरो बचाउन भन्दै सयोगको लागी अपिल गरेका हुन । अस्पताल का अनुसार १२-१५ दिन रातो रगत दिनु पर्ने हुन्छ वेटा थाला, बोन म्यारो ट्रान्सपलान गर्नु पर्ने हुन्छ ।
दुई हप्ता भित्रमा उपचार हुन नसके बच्चालाई गुमाउनु बाहेक कुनै विकल्प नभएको परिवारिक श्रोतले जानकारी दिएको छ ।
अन्दाजी १५ लाख सकिएको अझै १७ लाख लाग्ने हुँदा संघ-संस्था , सहयोगीमनहरुलाई आफ्नो छोरा सरह सम्झी सहयोग गर्न पीडित राम बहादुर परियारले आग्रह गरेका हुन ।