अर्घाखाँचीडट्कम संवाददाता
धारापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ४ धारापानीका एक युवालाई वैदेशिक रोजगारमा ठगी गरेको आरोपमा प्रहरीले प्रकाउ गरेको छ ।
धारापानीका २७ वर्षिय बिपिन सुनारलाई सोमबार वैदेशिक रोजगारमा ठगी गरेको आरोपमा प्रहरीले प्रकाउ गरेको हो ।
सुनारलाई चुत्राबेसीको भक्तिटोला चोकमा हिंडि रहेको अवस्थामा प्रहरीले प्रकाउ गरेको थियो ।
वैदेशिक रोजगार बिभागले सुनारलाई पक्राउ गरी अनुसन्धानको लागि अनुरोध गरे अनुसार उनलाई प्रकाउ गरेको प्रहरीले बताएको छ ।
साथै सुनारलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग काठमाण्डौ पठाईएको जिल्ला प्रहरी कार्यालयले अर्घाखाँचीडट्कमलाई जानकारी गरएको छ ।