अर्घाखाँचीडट्कम संवाददाता
पाणिनी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा आफ्नै छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा बाबुलाई प्रहरीले प्रकाउ गरेको छ ।
पाणिनी गाउँपालिकामा आईतबार साँझ ७:३० बजेको समयमा आफ्नै सहोदर १५ वर्षिया छोरीलाई जवरजस्ती करणी गर्ने ३९ वर्षिय बाबुलाई प्रहरीले सोमबार प्रकाउ गरेको हो ।
प्रहरीले उक्त घटनाको प्रारम्भिक अनुसन्धान गरी जिल्ला अदालत अर्घाखाँचीबाट दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको अर्घाखाँचीडट्कमलाई बताएको छ ।