पणेनामा ९९% योजनाका काम सम्पन्न, सबैभन्दा पहिला काम सक्नेमा पोख्रेल


डिआरजी सुमन 
दुर्गाफाँट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको ऐतिहासिक पर्यटनकीय स्थलको पहिचान वोकेको पाणिनी गाउँपालिका वार्ड नं १ पणेनामा ९९% योजनाका काम सम्पन्न भएको पाणिनि गाँउपालिका प्रविधिक शाखाले जानकारी गराएको छ । 
आर्थिक वर्ष २०७७-०७८ को पाणिनि गाँउ पालिका वडा नं १ पणेनाको जम्मा ४८ योजना मध्ये ४७ ओटा योजना विवाद रहित समयमै सम्पन्न भएको१ नं वार्ड प्रविधिक रन्जु पोखरेलले जानकारी गराउनु भएको छ । 
पाणिनि गाँउ पालिका ईन्जीनीयर मोहराज पौडलका अनुसार पाणिनि गाँउ पालिका मै सवैभन्दा पहिला योजनाको काम सम्पन्न गर्नेमापाणिनि गाँउ पालिका वडा नं १ का प्राविधिक रन्जु पोखरेल रहेको वताउनु भएको छ । 
ऐतिहासिक दृष्टिकोणमा महत्वपूर्ण रहेको पाणिनि गाँउ पालिका वडा नं १ पाणिनि ऋषिको तपोभूमि,कैलाश आश्रम,गोपालसिद्धआश्रम,सिम्लेको सुन्तला वगैचा लगायतका महत्वपूर्ण स्थान रहेका छन ।
यस वडामा समयमै लक्षित योजनाका ९९% काम विवाद विना नै तोकिएको मापदंडमा काम सम्पन्न गर्न साथ दिनुहुने सवैलाई धन्यवाद दिनचाहान्छु पाणिनि गाँउ पालिका वडा नं १ का अध्यक्ष शालिकराम भट्टराईले अर्घाखाँची डटकमसँग वताउनु भएको छ । – तस्वीर डिआरजीसुमन/अर्घाखाँची ।

अन्य समाचारहरु