अर्घाखाँचीभरका खोप केन्द्रमा भोली चिनियाँ भेरोसेल कोरोना खोपको दोस्रो डोज लगाइने


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला अस्पतालको खोप केन्द्र र स्थानिय तहका सम्पुर्ण खोप केन्द्रमा पहिलो लगाएका  ६२ देखि ६४ उमेर समुहकालाई भोली बुधवार  चिनियाँ भेरोसेल कोरोना खोपको दोस्रो डोज लगाइने भएको छ । 
जिल्ला अस्पताल अर्घाखाँचीको खोप केन्द्र र  ६ स्थानिय तह सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका,  शितगंगा नगरपालिका,, मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकाका सम्पुर्ण खोप केन्द्रमा ६२ देखि ६४ उमेर समुहकालाई भोली बुधवार चिनियाँ भेरोसेल कोरोना खोपको दोस्रो डोज लगाइने भएको हो ।
खोप कार्यक्रम भोली बिहान १० बजे देखी ४ बजेसम्म मात्र चल्नेछ । यस्तै जनस्वास्थ्य कार्यालयका सुचना अधिकारी बिजय बिकले अर्घाखाँचीडट्कमलाई बताए अनुसार अनुसार अर्घाखाँचीमा ३ हजार १ सय ७० जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाइसकेका छन् ।  
उता अर्घाखाँचीमा भेरोसेल कोरोना बाहेक भारतबाट आएको कोभिसिल्ड खोप अन्तरगत हालसम्म १२ हजार ७ सय ५८ जनाले पहिलो खोप लगाएका छन् । भने ३ हजार २ सय ८७ जनाले दोस्रो अन्तिम डोज पनि लगाई सकेका छन् ।
साथै जिल्लामा कोरोना विरुद्धको खोप लगाउने व्यक्तिमा संक्रमणको दर एकदमै कम रहेको देखिएको छ । भने खोप लगाएका कुनै पनि व्यक्तिको अहिलेसम्म निधन भएको छैन् । 
कोरोना संक्रमणको अवस्था हेर्दा जिल्लाका सबै स्थानिय तहमा कोरोना खोप लगाएका व्यक्तिमा संक्रमण दर एकदमै कमी रहेको देखिनुका साथै एक जना पनि मरेको घटना छैन् । यस्तै अन्य कारणले खोप लगाएका व्यक्ति मरेको देखिएको छ ।