बिष्णु कुमार आले
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाभरि १८ जना उत्कृष्ट शिक्षक शिक्षिकाको रूपमा छनोट भएका छन् ।
लुम्बिनी प्रदेशको शिक्षा तथा सामाजिक बिकास निर्देशनालय, सामाजिक विकास डिभिजन कार्यालय गजेहडा कपिलवस्तुले प्रत्येक पालिकामा रहेका शिक्षा युवा तथा खेलकुद शाखाले सिफारिस गरि पठाएको आधारमा शिक्षक शिक्षिकाको अध्यापन गराउने शैली, शिक्षक शिक्षिकाको दक्षता, अनुशासित, मर्यादित, विद्यालय व्यवस्थापन आदि बिषयमा मुल्यांकन गरि उत्कृष्ट शिक्षक शिक्षिकाको रूपमा छनोट गरिएको हो ।
शितगंगा-१४ मा रहेको श्री पावरा माबि सिमलपानीमा अध्यापनरत प्रअ तथा आ.बि तहका शिक्षक नहकुलमान रेश्मीमगर, शितगंगा ५ मा रहेको श्री सुधा उच्म माबि जुकेनामा अध्यापनरत प्रअ तथा मा. बि. तहका शिक्षक भोजराज आचार्य र शितगंगा ३ ठाडा दह आधारभुत विद्यालयमा अध्यापनरत बालबिकास तहकी शिक्षिका सीता खनाल उत्कृष्ट शिक्षकमा छनोट भएका हुन्
त्यस्तै जिल्लाको सन्धिखर्कको बिजय माबिमा अध्यापनरत माबि तहका शिक्षक युवराज भुसाल,सन्धिखर्क ७ मा रहेको आदर्श माबिमा अध्यापनरत आ .बि. तहका शिक्षक डिल्ली बहादुर थापा, सन्धिखर्क २ मा रहेको गंगा आधारभुत विद्यालयमा अध्यापनरत बालबिकास तहका फवि भुसाल, भुमिकास्थान नगरपालिकाको श्री नुवाकोट मावि नुवाकोटमा अध्यापनरत मावि तहका शिक्षक पान बहादुर खत्रि, श्री जनसेवा आधारभुत विद्यालय धनचौरका आ.बि.तहका शिक्षक हिमबहादुर घर्ती, श्री सिद्दार्थ आधारभुत विद्यालय धारापानीमा अध्यापनरत बाल बिकासतहकि शिक्षिका लक्ष्मी परियार छनोट भएका छन् ।
यसैगरि पाणिनी गाउँपालिकाको श्रीहरिहर संस्कृत तथा साधारण माबिका माबि तहका शिक्षक ठाकुरप्रसाद गौतम, श्री देबि प्रभाव माबिका आ . बि तहका शिक्षक हरि प्रसाद घिमिरे, श्री भानु माबिमा अध्यापनरत बालबिकास तहकी शिक्षिका बसन्ति घिमिरे उत्कृष्ट छानिएका हुन् ।
मालारानी ६ को श्री सिद्धार्थ माबि हंसपुरका माबितहका शिक्षक रामबहादुर खड्का, मालारानी ३ को आदर्श माबि मरेङ आधारभुत बिधालयतहका शिक्षक कृष्ण प्रसाद खनाल,मालारानी २ को सर्वोदय आधारभुत बिधालयमा अध्यापनरत बा . बि तहकी शिक्षिका पार्वता खनाल (फुल्लेल) र छत्रदेव ६ मा रहेको श्री सार्वजनिक माबिका माबि तहका शिक्षक प्रकाशमणि घिमिरे, छत्रदेव ५ मा रहेको श्री सार्वजनिक माबिका आ . बि तहका शिक्षक कैलास कुमार श्रेष्ठ, छत्रदेवको श्री चन्द्र माबि चिदिकामा अध्यापनरत बालबिकास तहकी शिक्षिका गिता मुखियाँ सामाजिक बिकास डिभिजन कार्यालयको मुल्यांकनको आधारमा उत्कृष्ट शिक्षक शिक्षिकाको रूपमा छनोट भएका हुन् ।
प्रत्येक पालिकामा ३ जनाका दरले जिल्लाको ६ ओटा पालिकामा १८ जना शिक्षक, शिक्षिका उत्कृष्ट छनोट भएका छन् ।