अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपालमा पहिलो पटक सशुल्क सब्सक्राइब शुरु गरेको अर्घाखाँची डट्कमपछि राष्ट्रिय दैनिकी नयाँ पत्रिकाले पनि आफ्नो अन्लाईन संस्करणमा सशुल्क गराउने भएको छ ।
नयाँ प्रकाशन प्रालीले आफ्नो अन्लाईन संस्करण नयाँ पत्रिकालाई सशुल्क गराउने भएको हो ।
नेपालको पहिलो नेपाली अन्लाईन मिडिया अर्घाखाँचीडट्कमले देशमा पहिलो पटक सशुल्क सब्सक्राइब प्रणालीको शुरुवात गत २०७७ श्रावण १ गते विहीवारदेखि गरेको थियो ।
अर्घाखाँची मिडिया हाउस प्रालीले आफ्नो नेपाली अन्लाईन संस्करण अर्घाखाँची डट्कमलाई सशुल्क (पेड) सब्सक्राइबमा शुरुवात गरेता पनि पाठक वर्गले केही समय रोक्न चौतर्फी अनुरोध गरेपछि सशुल्क प्रणालीलाई रोकिएको थियो ।
तर अर्घाखाँची मिडिया हाउस प्रालीले आगामी समयमा सशुल्क सब्सक्राइब प्रणालीलाई निरन्तरता दिने बताएको छ ।
उता अर्घाखाँची जिल्लामा पत्रकारीता अनुभव नभएका रिपोर्टिङ गर्न नजान्ने फेसबूके पत्रकारहरुको बिगिबिगी बढेको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने आवाज उठेको छ । अर्घाखाँचीका नाममा खोलिएका अन्लाईन, राष्ट्रिय संचारमाध्यममा काम गर्ने पत्रकारहरुको समाचार कपी गर्ने, चोर्ने तथा बिना अनुमती अन्लाईनबाट कपी गरेर हैरान बनाएको गुनासो बढेको छ ।
पत्रकार महासंघ अर्घाखाँचीका एक जना सद्स्यले भने; “आफुले एक समाचार शुद्द लेख्न आउँदैन, नेपाली शुद्द लेख्न नआउदैन अर्घाखाँचीको नाम हालेको छ, अन्लाईन चलाएको छ, अनुमती बिना समाचार कसैले कपी गर्न हुँदैन” अर्घाखाँचीका केही एफ.एमले त अर्घाखाँचीडट्कमका प्रकासित समाचारका भरमा एफ.एम चलाएका छन्। अर्घाखाँचीमा डट्कम र २,३ एफ.एम बाहेक तथा फेसबूके पत्रकारहरुले बिना अनुमती समाचार कपी गर्ने, चोर्ने सबैलाई नियन्त्रण गर्नुपर्छ ।”
यस्तै अर्घाखाँचीडट्कम, नयाँ पत्रिकासँगै अन्य राष्ट्रिय मिडियाहरुले सशुल्क सब्सक्राइब प्रणाली गर्ने तयारी गरिएको बताइएको छ । भने सब्सक्राइब प्रणालीबाट गैरे अन्लाईन, फेसबूके पत्रकारहरुको बिगिबिगी, अनुमती समाचार कपी गर्ने, चोर्ने कार्यलाई नियन्त्रण गर्न सजिलो हुनेछ ।