सहयोगी बि. सी.
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क वार्ड नं. १ सन्धिखर्क र २ चुत्राबेसी जोड्ने “मितेरी” पुल निर्माण कार्य सम्पन्न भएको छ ।
सन्धिखर्कको त्रिबेणीचोक तर्फ र चुत्राबेसीको बसपार्क जोड्ने “मितेरी” पुलको सन्धिखर्क वार्ड नं. १ र २ को संयुक्त लगानीमा निर्माण कार्य सम्पन्न भएको हो ।
यस नगरपालिकाका २ वार्डको संयुक्त लगानीमा निर्माण गरिएकोले यस पुलको नाम “मितेरी” पुल नामाकरण गरिएको बताइएको छ ।
“मितेरी” पुल आपसी समझदारीबाट बनाईएकोले यसले जनतालाई अत्यन्तै सजिलो गराएको १ का वडाअध्यक्ष युबराज बन्जाडेले बताउनु भयो। साथै यहाँ दुवै तर्फ स्वागत बोर्डहरु पनि राखिने भएको छ ।
पुल वार्ड नं. १ बाट ९० हजार र वार्ड नं. २ बाट ९० हजार साथै चुत्राबेसी बजार बचाबट उपभोक्ता समितिको झन्डै ८० हजार गरी जम्मा २ लाख ६० हजारको लागतमा एकहप्ता मै सम्पन्न भएको अर्घाखाँची उधोग बाणिज्य संघका अध्यक्ष तथा उपभोक्ता समितिका अध्यक्ष युबराज श्रेष्ठले बताउनु भयो।
साथै पुलमा रंगरोगन गर्न अझै बाँकी रहेको र पूर्ण रुपमा बनेपछि दैनिक १ सयदेखि २ सय जना ओहोरदोहोर गर्ने अपेक्षा गरिएको छ।