अर्घाखाँचीमा बिकास कार्यक्रममा महिलाको सहभागिता तथा क्षमता बिकास सम्बन्धी कार्यक्रम सम्पन्न (फोटो सहित)


केशव राज ज्ञवाली 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा  स्थानिय बिकासका कार्यक्रमहरुमा महिला सहभागिता सम्बन्धी क्षमता अभिबृद्दी कार्यक्रम सम्पन्न भएको छ । 
सन्धिखर्क नगरपालिकाको विशेष सहयोग र नेपाल चेतना केन्द्र अर्घाखाँचीको आयोजनामा सन्धिखर्क स्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न कार्यक्रममा जिल्लाभरका महिलाहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
महिलाहरुको सहभागिता र क्षमताको बिकास गर्नको लागि गरिएको उक्त प्रशिक्षणमुलक कार्यक्रममा प्रशिक्षक बाबुराम पौडेल , शान्ता भन्डारिले महिलाहरु हरेक क्षेत्रमा सहभागी हुँदै काम गर्न दक्ष भएको बताउदै अग्रसर हुनुपर्नेमा जोड दिए ।
 कार्यक्रमको उद्घाटन सत्रमा शुभकामना दिदै नेपाली काङ्ग्रेसका जिल्ला सभापती बिश्नु खनाल मुस्कान , जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा , शितगंगा नगरपालिकाका प्रमुख सुर्य अधिकारी , सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिकले कार्यक्रम सफलताको शुभकामना दिए ।
 नेपाली काङ्ग्रेसका तर्फबाट लुम्बिनी प्रदेशका संसदिय दलका सचेतक तथा चेतना केन्द्र नेपालका संस्थापक अध्यक्ष निर्मला क्षेत्रीको अध्यक्षता सम्पन्न उद्घाटन सम्पन्न गरि दोस्रो सत्रमा बिश्नु खनाल मुस्कान, निर्मला क्षेत्री , शान्ता भन्डारी , बाबुराम पौडेल ,लगायतले सहभागिहरुलाइ महिला सहभागिता सम्बन्धी प्रशिक्षण दिएका थिए ।