अर्घाखाँचीमा याेगदानमा आधारित सामाजिक सुरक्षा याेजनाकाे विराेधमा प्रदर्शन


हरिप्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा याेगदानमा आधारित सामाजिक सुरक्षा याेजनाकाे विराेधमा प्रदर्शन भएकाे छ ।
जिल्लामा रहेका बैक तथा बित्तिय संस्थामा आवद्द कर्मचारीहरुले सरकारले तीन दशक लामाे संघर्षकाे उपलव्धी खाेस्न लागिएकाे भन्दै प्रदर्शन गरेका हुन् ।
याेगदानमा आधारित सामाजिक सुरक्षा याेजना स्वेच्छिक हुनुपर्नेमा बाध्यकारि बनाईएकाे र यसले प्रत्यक्ष रुपमा आफुहरु मारमा परेकाे भन्दै विराेध गरेका हुन् ।
सन्धिखर्क शान्ति वंगैचा चाेकमा भेला भएका कर्मचारीहरुले सामाजिक सुरक्षा याेजनाकाे विराेधमा नारावाजी सहित बजार परिक्रमा समेत गरेका थिए ।