अनिल नेपाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ जनबर्गीय संगठनले संयुक्त रुपमा केन्द्रिय कार्यक्रम अनुसार आज सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य बृद्धि र चितवनकी सुजिता भण्डारीको मुत्यु प्रकरणको विरुदमा संयुक्त विरोध सम्पन्न गरेको छ ।
सन्धिखर्कको विरोध सभालाई अखिल क्रान्तिकारीका जिल्ला इन्चार्ज नविन खड्का जनपत्रकार संगठनका केन्द्रिय सदस्य अनिल नेपालीले सम्बोेधन गदै नागरिकका समस्या प्रति राज्य दिनप्रतिदिन उदासिन बन्दै नागरिकलाई कोरोना महामारीको बेलामा जनताको जीवन रक्षाको लागि पहल कदमी गर्नुको साटो सरकारले विभिन्न बाहनामा कर बढाउने पेट्रोलियम पदार्थमा समेत मुल्य बुद्धि गर्नु दुखद भएको बताउदै सबेदनशील समयमा सरकारले नागरिक प्रति राज्यको जिम्मेबारी लिन नसकेको बताए ।
सरकारले पछिल्लो समयमा अनियमिता भ्रष्टाचार बल्तकारकाका घटना दिनप्रति दिन बढ्दै गएपछि सरकारले बेबास्ता गरि निर्मला पन्तको जस्तै चितबनकी सुजिता भण्डारीको घटनालाई पनि लुकाउन खोजेको भन्दै यस्ता घटना प्रति राज्यले जिम्मेबारी लिनुपर्ने बताए कार्यक्रममा विभिन्न जनबर्गीय सगठनका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।
जनताको जनपरिषद्लाई जागरुक बनाउछौ: प्रमुख शितल
विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पछिल्लो समयमा अर्घाखाँची जिल्लामा जिल्ला जनपरिषद्लाई जागरुक बनाउदै आएको छ ।
जिल्लामा भ्रष्टाचार अनियमितता घटनाका दिनप्रति दिन बढ्दै गएपछि आफुहरुले जनताको जनपरिषद्लाई निरन्तरता दिइएको जनपरिषद् प्रमुख शितलले बताउनुभएको छ । प्रमुख शितलले जनताको तर्फबाट जनताका मागलाई सरोकारबाला निकायले कुनै पहल नगरेपछि आफुहरुले पहलकदमी लिएको र यसलाई निरन्तरता दिदै जिल्लामा हुने भ्रष्टाचार अनियमितताको पक्षमा जागरुक बनाउन आफ्नो सरकारर्ल निरन्तरता दिर्दै आएको बताए ।
जिल्लामा पछिल्लो सयम काठ निर्माण व्यबसायीले मापदण्ड अनुसार काम नगरेको भनी जिल्ला जनपरिषद्ले विभिन्न गतिविधि गदै आएको छ ।