निशा भण्डारी सेतोपाटी
नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका नेताहरू शुक्रबार निर्वाचन आयोग गएका छन्।
नेकपा माओवादीको दल दर्ता खारेजीको माग गर्दै परेको निवेदनमा आयोगले के गरिरहेको छ भन्ने जानकारी लिन नेताहरू आयोग पुगेका छन्।
मणि थापा, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलगायत नेताहरू आयोग पुगेका छन्।
माओवादी छाडेर एमाले गएको पूर्वमाओवादी नेताहरूको समूहले असार २३ गते आयोगमा माओवादीले लामो समयदेखि महाधिवेशन नगरेको भन्दै दल दर्ता खारेजीको निवेदन दिएका थिए।
माओवादी छाडेर एमालेमा गएका रामबहादुर थापा बादललगायत उनको समूहले माओवादीको दल दर्ता खारेजी हुनुपर्ने बताइरहेको छ।
संविधान र राजनीतिक दल सम्बन्धी ऐनअनुसार माओवादी केन्द्रको हैसियत गुमिसकेकोले दल दर्ता खारेजी गरिपाऊँ भनेर आयोगमा निवेदन परेको थियो।