सन्धिखर्क – गोरुसिङ्गे सडक खण्डमा सवारी साधन चेकजाँचमा कडाई (फोटो सहित)


झनक के.सी  
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) असार २५ । अर्घाखाँची जिल्लाको सन्धिखर्क – गोरुसिङ्गे सडक खण्डमा सवारी साधन चेकजाँचमा कडाई गरेको छ।
आठौ पटक पुन: असार ३१ गतेसम्म थपिएको निषेधाज्ञामा जोर बिजोर हटेपछि सन्धिखर्क – गोरुसिङ्गे सडक खण्डमा सवारी साधन चेकजाँचमा प्रहरीले कडाई गरेको हो ।  
 
गोरुसिङ्गेबाट सुपादेउराली मन्दिर, अमराई, ठाडा बजार हुँदै सन्धिखर्क आउने गाडीको संख्यामा चाप एकदमै बढेसँगै गाडीमा सवार गर्ने सिट संख्या भन्दा बढी यात्रु राख्नेलाई र आवश्यक कागजात चेकजाँचमा इलाका प्रहरी कार्यालय ठाडाले एकदमै कडाई गरेको छ। 
बाहिरी जिल्लाबाट घुम्न भन्दै अर्घाखाँची भित्रिएपछि गाडीहरुको निकै चाप बडेको छ। पछिल्लो समयमा लकडाउन केहि खुकुलो भएसँगै धेरै गाडीहरुबाट आवश्यक कागजात नभएको खण्डमा उक्त गाडीहरुबाट राजस्व उठाउँने कार्य गरिएको अस्थायी ट्राफिक प्रहरी ठाडाका बिष्नु खत्रीले जानकारी दिएका छन् ।
साथै जिल्लाका अन्य सडक खण्डमा पनि चेकजाँचमा कडाई गरेको प्रहरीले बताएको छ ।