अर्घाखाँचीमा कोरोनाका कारण मृत्‍यु भएका ६८ जनाका परिवारलाई एक लाखका दरले राहत दिईने


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका स्थानिय निकायहरुले कोरोना संक्रमणका कारण मृत्‍यु भएका परिवारलाई एक लाख रुपैया राहत वितरण गर्ने भएका छन् । 
जिल्लाका सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका,  शितगंगा नगरपालिका,  मालारानी गाउँपालिका,    पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकाले कोरोना संक्रमणका कारण मृत्‍यु भएका परिवारलाई एक लाख रुपैया राहत वितरण गर्ने भएका हुन् । 
लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमणका मृत्‍यु भएका परिवारलाई एक लाख रुपैया राहत वितरण गर्ने निर्यण गरेको थियो । 
उता अर्घाखाँचीमा काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ६८ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २०  जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित ११,    मालारानी गाउँपालिकामा ११,      पाणिनी गाउँपालिकामा ८   र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।