अनिल नेपाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) २५ असार । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको निकट जनपत्रकार संगठन नेपाल अर्घाखाँचीको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
कार्यक्रम नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी खेम घर्तीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो कार्यक्रमको उद्घाटन गदै नेता घर्तीले पत्रकारीता रुपान्तरण परिबर्तनको माध्यम भएकोले पत्रकारले समाजमा घटेका घटना अन्याय अत्यायार भ्रष्टाचार लगायतका विषयमा आबाज बुलन्द गरि नागरिकलाई सुसुचित गनुपर्ने बताउदै श्रमजिवी जनताको पक्षमा जनपत्रकारले महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा जनपत्रकार सगठन नेपालका केन्द्रिय सदस्य अनिल नेपालीले बर्तमान सरकारले प्रेस स्वतन्त्रता नागरिकको स्वतन्त्रतालाई कुन्ठित गनु दुखद भएको बताउदै सबै मिलेर प्रतिबादत गनुपर्ने पत्रकारले खोज पत्रकारीतालाई ध्यान दिनुपर्ने बताउनुभएको थियो । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका भुमिकास्थान नगरपालिका सन्धिखर्क नगरपालिका ईन्चार्ज नविन खड्का नेकपा नेता गोविन्द खनाल अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष बाबुराम नेपाली उपाध्यक्ष पदम नेपाली लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
सम्मेलनले अयान विकको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समितिको चयन गरेको छ । जसको उपाध्यक्ष प्रकाश भुसाल सचिबमा सरु सुनार सहसचिब महेश भुसाल कोषाध्यषमा गणेश नेपाली ले रहेको १५ सदस्यीय जिल्ला कार्य समितिको चयन गरेको छ ।