छत्रदेव गाउँपालिकाद्धारा भुक्तानी निकासा बन्द


अर्घाखाँचीडट्कम संवाददाता 
छत्रगन्ज, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाले भुक्तानी निकासा  बन्द (क्लोजिङ) गरेको छ ।   
छत्रदेव गाउँपालिकाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को उपनियम २ बमोजिम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा ७ दिनअगावै भुक्तानी दिएर निकासा र खर्च अद्यावधिक गरी भुक्तानी र निकासा बन्द गर्नुपर्ने व्यवस्थाअनुसार आज असार २५ गतेदेखि क्लोजिङ गर्ने भएको हो ।
छत्रदेव गाउँपालिकाले शुक्रबार एक सुचना जारी गर्दै भुक्तानी निकासा बन्द गरेको जनाएको छ ।
यस अघि छत्रदेव गाउँपालिकाले तोकिएको समयसीमाभन्दा पछाडि पेस हुन आएका भुक्तानीका फायलउपर कुनै कारबाही नगरिने र भुक्तानी नभए कार्यालय नै जवाफदेही नहुने बताएको थियो ।  
उता जिल्लाभरका स्थानिय तहमा आर्थिक वर्ष ‘क्लोजिङ’को समय सुरु भएसँगै असारे चटारो लागेको छ । विभिन्न उपभोक्ता समितिलाई अहिले आफ्नो योजना तथा कार्यक्रम सम्पन्न गर्ने हतारो भइरहेको छ । आर्थिक वर्ष ‘क्लोजिङ’का लागि पालिकाहरुले विभिन्न योजना तथा कार्यक्रमको फरफारक तथा अन्तिम भुक्तानीका लागि आवश्यक कागजात पेस गर्न सूचना जारी गरेका छन् । 

अन्य समाचारहरु