अस्लम अलि
बल्कोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका स्थित बल्कोटको पाैवामा पार्क निर्माण कार्य सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेस सरकार, उद्योग पर्यटन बन तथा बाताबरण मन्त्रालयको उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पर्यटन डिभिजन कार्यालयको सहयोगमा बल्कोटको पाैवामा पार्क निर्माण कार्य सम्पन्न भएको हो ।
प्रदेश सरकारका तर्फबाट रु. १५,००,०००,त्यस्तै जनश्रमदानमार्फत रु. १४५,५३३.३४ को लागतमा उक्त पार्क निर्माण गरिएको हो ।
पार्क निर्माण सम्पन्न गर्नका लागि राजेश कुमार पन्थीको अध्यक्षतामा निर्माण समिती गठन गरिएको थियो । त्यस समितिका अन्य सदस्यहरूमा सचिब तेजप्रसाद खनाल, कोषाध्यक्ष नारायण खनाल सहित १३ जनाको समिति निर्माण गरिएको थियो ।
२०७८-०२-०९गते सम्झौता गरि प्रारम्भ गरिएको उक्त कार्य मिति २०७८-०३-२० गते सम्म सम्पन्न गर्ने गरि निर्माण कार्य तीब्र गतिमा भइरहेको थियो । उक्त पार्क समितिको साइड प्राविधिक बिशाल ओलि रहेका थिए छ्त्रदेव २ बल्कोट पौवामा यो पार्क निर्माण सम्पन्न भएको अध्यक्ष पन्थीले जानकारी दिए।