अर्घाखाँचीमा धमाधम बढी भाडा लिने सवारी साधनलाई कारबाही, रु.१५०० जरिवाना


दिपेन्द्र पौडेल | अर्घाखाँचीडट्कम संवाददाता  
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा प्रहरीले यात्रुबाट बढी भाडा लिने सवारी साधनलाई कारबाही गरेको छ । 
जिल्लाको सन्धिखर्क –  गोरुसिंगे सडक खण्ड अन्तर्गत चल्ने सवारी साधनलाई यात्रुबाट बढी भाडा लिएको भन्दै प्रहरीले कारबाही गरेको हो । 
यात्रुबाट बढी भाडा लिने लु १ ख ७६८२( बस), लु १ ख ९४९५ ( बस), बा ३ ख ७८७५ ( हाईस), प्रदेश नं. ०३-१००५ ख ९७६१ (हाईस), प्रदेश नं. ०३-१०० ५ ख ७०७५(हाईस) र  लु१  ज १९८७ (जिप)हरुलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको थियो । 
साथै प्रहरीले ति सवारी साधनबाट बढि भाडा फिर्ता गर्न लगाई प्रति सवारी रु.१५००।– को दरले जरिवाना गरी छाडेको अर्घाखाँचीडट्कमलाई बताएको छ । 
यस्तै जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले स्थानिय वार्डका जनप्रतिनिधी, यातायात व्यवसायीका पदाधिकारी लगायतको उपस्थितीमा चालक तथा सह-चालकहरुलाई प्रशिक्षण एवं ट्राफिक नियम सम्बन्धमा सु-सुचित गरी ट्राफिक व्यवस्थापन सम्बन्धमा छलफल तथा अन्तरक्रिया सम्पन्न गरेको थियो ।