दिपेन्द्र पौडेल | अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा जिल्ला प्रहरी कार्यालयले स्थानिय वार्डका जनप्रतिनिधी तथा पत्रकारहरुसँग परिचयात्मक कार्यक्रम तथा समसामयिक विषयमा अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले स्थानिय वार्डका जनप्रतिनिधी तथा पत्रकारहरुसँग परिचयात्मक कार्यक्रम तथा समसामयिक विषयमा अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको हुन् ।
कार्यक्रममा थापाले “कुरा मात्र हैन काम पनि गरेर देखाउछौ” भनेर पत्रकारहरुको बिचमा प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा उनले स्थानीय सरकारसंग समन्वय गरेर आवस्यक स्थानमा सिसिटिभी क्यामेरा जडान गर्ने , चोक चोकमा प्रहरी बिट राख्ने ट्राफिक चेकजाँचलाई कडा रुपमा प्रस्तुत गर्ने बताएका छन् । “जुवा तास सामाजिक अपराध हो , यसले आफू मात्र नभई परिवार र समाजलाई बदनाम गराउछ , घर न घाटको बनाएर सडकमा ल्याउछ ” भन्दै डिएसपी थापाले जुवातास विरुद्ध अर्थात सामाजिक अपराध विरुद्ध आफू खरो रुपमा उत्रने बताएका छन् ।
थापाले आत्महत्या न्यूनीकरण गर्नका लागि जिल्लाका ६ वटै स्थानीय सरकारसंग समन्वय गरि आत्महत्या सम्बन्धिको बुक (किताब) तयार गरेर सामुदायिक प्रहरी साझेदारी मार्फत गाउँगाउँमा लिएर प्रचार गर्ने समेत बताएका छन । लागू औषध सम्बन्धि थापाले तराई जिल्लाबाट भित्रीएको हुन सक्छ भन्दै सिबिल प्रहरीलाई अनुसन्धानको लागी परिचालन गरेको बताए ।