अर्घाखाँचीमा प्रहरीद्धारा ठुलो परिमाणमा अवैध घरेलु मदिरा नियन्त्रण गरि नष्ट (भिडियो, फोटो सहित)


हलिम खाँन
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले अवैध रुपमा उत्पादन भइरहेको ठुलो परिमाणको घरेलु मदिरा नष्ट गरेको छ ।
शनिवार जिल्ला प्रहरी कार्यालय अर्घाखाची प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाको निर्देशनमा प्रहरी निरीक्षक तथा सुचना अधिकारि गणेश खनालको कमाण्डमा खटिएको टोलीले ठुलो परिमाणमा अबैध घरेलु मदिरा नष्ट गरेको हो ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ रतले , कुरुले र लदामबाट बनाउदै गरेको ७९५ लिटर घरेलु मदिरा बरामद गरेको हो ।
मदिराले समाजमा विकृति बढेको हुदा अवैध घरेलु मदिरा उत्पादन नियन्त्रण सम्बन्धि स्विप अप्रेशनलाई थप प्रभावकारी बनाईने प्रहरी नायव उपरिक्षक थापाले बताए ।सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ का वार्ड अध्यक्ष युवराज बन्जाडे र पत्रकारहरुको रोहबरमा अवैध घरेलु मदिरा नष्ट गरिएको प्रहरी नायव उपरिक्षक थापाले बताए।यस मौषममा घरेलु मदिरा अत्याधिक सेबनको कारणले मृत्यु समेत हुने गरेकोले प्रहरीले यस्ता खाले अबैध घरेलु मदिरा उत्पादन गर्ने स्थानहरुमा खानतलासी गरी मदिरा नस्ट गर्ने अभियान नै संचालन गरिएको प्रहरी नायव उपरिक्षक थापाले बताए ।