अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं. ४ धारापानी, ७ नुवाकोटको पानडाँडा, २ ढाकावाङको छेडा, शितगंगा नगरपालिका वार्ड नं. ९ सिद्धारा, ३ ठाडा, पाणिनी गाउँपालिका वार्ड नं.२ पोखराथोक, ७ पाली र मालारानी गाउँपालिका वार्ड नं. ४ खनको देउराली, ६ हंसपुरको रतनमारेमा प्रहरीले सरसफाई तथा तथा लैङ्गिक हिंसा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न सम्पन्न गरेको छ ।
धारापानी, नुवाकोटको पानडाँडा, ढाकावाङको छेडा, सिद्धारा, ठाडा, पोखराथोक, पाली र खनको देउराली, हंसपुरको रतनमारे लगायतका ९ सार्वजनिक स्थानहरुमा प्रहरीले शनिबार सरसफाई कार्यक्रम सम्पन्न गरेको हो ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँची तथा मातहत प्रहरी ईकाईहरुको आयोजनामा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत नेपाल प्रहरी, नागरिक समाज, स्थानियबासी, समाजसेवी, स्थानिय क्लवमा आवद्ध व्यक्तिहरुहरुको उपस्थितीमा सरसफाई कार्यक्रम सम्पन्न गरेको प्रहरीले बताएको छ ।