अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा तराई जिल्लाबाट लागू औषध भित्रीएको भन्दै सिबिल प्रहरीहरुलाई परिचालन गरिएको छ ।
तराई जिल्लाबाट जिल्लामा लागू औषध भित्रीएको हुन सक्छ भन्दै सिबिल प्रहरीहरुलाई अनुसन्धानको लागि परिचालन गरिएको हो ।
स्थानिय वार्डका जनप्रतिनिधी तथा पत्रकारहरुसँग परिचयात्मक कार्यक्रम तथा समसामयिक विषयमा अन्तर्क्रिया तथा छलफल कार्यक्रम प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले तराई जिल्लाबाट लागू औषध भित्रीएको भन्दै सिबिल प्रहरीलाई परिचालन गरिएको बताएका हुन् ।
यस्तै स्थानीय सरकारसँग समन्वय गरेर आवस्यक स्थानमा सिसिटिभी क्यामेरा जडान गर्ने, चोक चोकमा प्रहरी बिट राख्ने ट्राफिक चेकजाँचलाई कडा रुपमा प्रस्तुत गर्ने बताएका छन् । “जुवा तास सामाजिक अपराध हो , यसले आफू मात्र नभई परिवार र समाजलाई बदनाम गराउछ , घर न घाटको बनाएर सडकमा ल्याउछ ” भन्दै डिएसपी थापाले जुवातास विरुद्ध अर्थात सामाजिक अपराध विरुद्ध आफू खरो रुपमा उत्रने बताएका छन् ।
थापाले आत्महत्या न्यूनीकरण गर्नका लागि जिल्लाका ६ वटै स्थानीय सरकारसंग समन्वय गरि आत्महत्या सम्बन्धिको बुक (किताब) तयार गरेर सामुदायिक प्रहरी साझेदारी मार्फत गाउँगाउँमा लिएर प्रचार गर्ने समेत बताएका छन । लागू औषध सम्बन्धि थापाले तराई जिल्लाबाट भित्रीएको हुन सक्छ भन्दै सिबिल प्रहरीलाई अनुसन्धानको लागी परिचालन गरेको बताए ।