सन्धिखर्कमा विप्लवको भातृ संगठन अखिल क्रान्तिकारीको दोस्रो पुर्ण बैठक सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) अर्घाखाँची जिल्लाको सन्धिखर्कमा विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी ) अर्घाखाँचीको दोस्रो पुर्ण बैठक  सम्पन्न भएको छ । 
बैशाख २ गतेको ऐतिहासिक २८ औं जिल्ला सम्मेलन पछि बसेको दोस्रो पुर्ण बैठकले अनुमोदन गरेका  महत्त्वपुर्ण निर्णय असार २७  गते पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने  जिल्ला अध्यक्ष बाबुराम एस के ले  जानकारी दिएका छन । 
बैठकलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा कपिलवस्तु र अर्घाखाँची जिल्ला इन्चार्ज क. जुझारुले विद्यार्थी  भनेको सम्पुर्ण क्षेत्रमा  फिट हुन सक्ने तत्व हो । सम्पुर्ण युवा विद्यार्थीहरुले विद्यालयमा भएका विकृति बिसंगतिका बिरुद्ध आवाज उठाउन आग्रह गरेको बताएका छन । यस्तै शिक्षामा परिवर्तन   हुनको लागि राज्य सत्ता संग सम्बन्ध रहेको हुंदा यो दलाल सत्ता परिवर्तन गरि वैज्ञानिक समाजवाद ल्याउनको लागि विद्यार्थीको महत्त्वपूर्ण भुमिका रहेको बताइएको छ । 
बैठक नेकपाका जिल्ला सचीव खेम घर्ती, अखिल (क्रान्तिकारी) जिल्ला इन्चार्ज नवीन खड्का, नेकपा कपिलवस्तुका नेता प्रकाश राउतको उपस्थिती र जिल्ला अध्यक्ष बाबुराम एस के को संचालन तथा अध्यक्षतामा सम्पन्न भएको छ ।