शितगंगा नगरपालिकामा नेपाली कांग्रेसको भेला सम्पन्न


शितगंगा खबर | अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची  ।  अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा नेपाली काग्रेसले १४ औ महाधिवेसन नजिकिएसँगै कार्यक्रता भेटघाट तथा सक्रीयता बढाएको छ । 
शनिबार शितगंगा नगरपालिका वडा नम्बर ६ मा वडा सभापति टामलाल ज्ञवालीको सभापतित्व तथा जिल्ला सचिव छबिलाल पौडेल प्रमुख अतिथी, नगर संयोजक मोती बेल्बासेको बिशिष्ट आथित्यतामा कार्यक्रता भेटघाट तथा छलफल भएको छ ।
अबिधेसन नजिकिए सँगै नेपाली काग्रेस शितगंगाले बिभिन्न वडाहरुमा कार्यक्रता भेटघाट कार्यक्रम सञ्चालन गरिरहेको छ ।
आजको छलफलमा आगामी अबिधेसनमा सबैले मान्य गरि नेत्तृत्व ल्याउने बिषयमा आज छलफल भएको वडा नम्बर ४ का सभापति दिपक पौडेलले जानकारी दिनु भयो ।
कार्यक्रममा जिल्ला सल्लाहकार समिति सदस्य मिना पौडेल , प्रदेश समिति सदस्य तुल्सीराम पौडेल,वडा नम्बर ७ का सभापति गिरी बैजाली, वडा नम्बर ५ का सभापति चन्द्रमणी बेल्बासे लगायतको उपस्थिती रहेको कार्यक्रमको उम बहादुर भाटले सञ्चालन गर्नु भएको थियो । बिभिन्न वडाका १२५ बढी क्रियाशिल सदस्यहरुको सहभागितामा भेला सम्पन्न भएको हो । 
कार्यक्रममा नेकपा माओवादी त्यागी सुर्य प्रसाद भट्टराइ, तुल बहादुर खत्री काग्रेशमा प्रबेस गर्नु भएको छ ।

अन्य समाचारहरु