पहिलोपोष्ट | अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) अर्घाखाँची जिल्लाको सन्धिखर्कमा विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी ) ले पत्रकार सम्मेलनकाे आयाेजना गरेको छ ।
सन्धिखर्कमा पत्रकार सम्मेलनकाे आयाेजना गर्दै क्रान्तिकारीले आजसम्म कमाएकाे आम्दानीबाट शिक्षकलाई तलव खुवाउन संस्थागत बिद्यालयहरुलाई चेतावनी दिएकाे छ ।
क्रान्तिकारीका जिल्ला ईन्चार्ज नवीन खड्काले तलव खुवाउने बहानामा पढाइ नहुनेबेलाकाे शुल्क विद्यार्थीबाट असुलिएकाे भन्दै विराेध गरेका छन् ।
कक्षा ११ र १२ मा शुल्क लिन नहुनेमा लिईरहेकाे भन्दै तिव्र आक्राेश व्यक्त गर्दै नवीन खड्काले शिक्षा क्षत्रमा भईरहेकाे अपारदर्शिताकाे विराेधमा संघर्ष गर्ने चेतावनी दिएका हुन् ।
क्रान्तिकारीले दाेस्राे पुर्ण वैठककाे निर्णय सार्वजनिक गर्न आयाेजना गरेकाे पत्रकार भेटघाटमा ईन्चार्ज खड्काले शिक्षा क्षेत्र सुधार्नकाे लागि जिल्लाका क्रियाशिल सवै विद्यार्थी संगठनसंग छलफल गर्ने समेत जानकारी दिएका छन् ।
कार्यक्रम अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष पदम नेपालीकाे स्वागत मन्तव्य र जिल्ला अध्यक्ष बाबुराम एसकेकाे अध्यक्षतामा चलिरहेकाे छ ।