सन्धिखर्कमा विप्लव नेतृत्वको जनपत्रकार संगठनको दोश्रो बैठक सम्पन्न


अनिल नेपाली 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको सन्धिखर्कमा विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीको  जनपत्रकार संगठन  नेपालको दोश्रो बैठक सम्पन्न भएको छ । 
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा अर्घाखाँची कपिलबस्तुका ईन्चार्ज पदम केसी जुझारुले बर्तमान सरकार आफैले आफुहरुसँग गरेको सहमति कार्यान्वयन नगरेको बताउनुभएको छ । 
बार्ता भएको लामो समय वितिसक्दा पनि  आफ्ना नेता कार्यकर्तालाई रिहा नगर्नु दुखद भएको बताउदै सहमति कार्यान्वय नगरे आफुहरुले  त्यसको प्रतिरोध गर्ने बताउनुभएको छ   । 
नेता केसीले बर्तमान सरकारले तत्कालिन नेपाल कम्युनिस्ट पार्टी सँग गरेको सहमति कार्यान्वयन नगरेर आफ्ना नेता कार्यकर्तालाई हिरासतमा मानबिय नाता समबेदना पनि नरहने गरी यातना दिएको  बताउदै ईमान्दारिपुर्वक आफुहरुले सरकारसँग गरेको  ३ बुद्धे सहमति कार्यान्वयन गर्ने सरकार तर्फबाट बार्ता उल्लगन भएमा त्यसको जवाफदेही स्वयम् सरकार हुनुपर्ने बताउनुभएको छ । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला  सेक्रेटरी खेम घर्तीले सरकारले आफुहरु सँग गरेको सहमति प्रति पूर्ण जवाफदेही हुनुपर्ने बताउदै सरकारले क्रान्तिलाई रत्तपातमा देखेको बताउदै क्रान्तिको सफल दुध भएको बताउनुभएको छ । कार्यक्रममा जनपत्रकार सगठन नेपाल केन्द्रिय सदस्य अनिल नेपालीले बर्तमान लुम्विनी प्रदेश सरकारले पत्रकारको बाक स्वतन्त्रता नागरिक स्वतन्त्रतालाई कुन्ठित गर्ने गरी सदनमा पेश गरेको सञ्चार विधेयक सञ्चारमैत्री नभएकोले यसलाई  पुर्ण रुपमा सच्चाउनुपर्ने बताउदै पत्रकारले खोज पत्रकारिता मिसन पत्रकारितालाई विशेष ध्यान दिनुपर्ने बताउनुभएको थियो । 
कार्यक्रममा अखिल नेपाल शिक्षक सगठनका केन्द्रिय सदस्य लक्ष्मण बली अखिल क्रान्तिकारीका जिल्ला ईन्चार्ज नविन खड्का जिल्ला अध्यक्ष बाबुराम एसके लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो बैठक सगठनका जिल्ला अध्यक्ष अयान विकको अध्यक्षतामा सम्पन्न भएको थियो ।