डिआरजी सुमन
दुर्गाफाँट, अर्घाखाँची आईतवार २७ असार २०७८ (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको गाउँ कार्यपालिकाबाट मिति २०७७/१०/२१ गते शिक्षक र विद्यालयकर्मचारी सहयोग ( उपचार तथा अवकाश ) कोष स्थापना तथा संचालन कार्यविधि २०७७ बमोजिम आज यस गाउँपालिकामा रहेकोहरिहर संस्कृत तथा साधारण माध्यमिक विद्यालय पाणिनी २ पोखराथोक मा अनवरत रुपमा आप्नो उर्जाशिल जिवन विद्यालयमासमर्पित गरि नेपाल सरकारबाट उपदान वा निवृत्तिभरण नपाउने गरी विद्यालयमा सेवा गरि आज अवकाश हुनु भएका विद्यालय कर्मचारीश्री लोकहरी गौतम ( सान्दाईको उपनामले समेत चिनिनुहुने ) लाई पाणिनी गाउँपालिकाले आज मिति २०७८/३/२७ गते पाणिनी गाउँकार्यपालिकाको कार्यालयमा टिका खादा र १ लाख ७४ हजार ८ सय ५७ रुपैयाको चेक हस्तान्तरण गरि विदाई गरेको छ ।
पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतम,पाणिनि गाँउ पालिका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद घिमिरे, वडा अध्यक्ष र पाणिनिगाँउ पालिका कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै पाणिनि गाँउ पालिका अध्यक्ष अच्चुत गौतमले जिवन भरन्युनतम वेतनमा सेवा गरेका तर घर जादा खाली हात फिर्ता हुनुपर्ने अवस्थालाई ध्यानमा राखी यस्ता शिक्षक कर्मचारीहरुलाई सामाजिकर आर्थिक रुममा सुरक्षा गर्नुपर्ने दायित्व नेपाल सरकार / संघीय सरकार ले नलिने भएकाले यसको शुरुवात गाउँ पालिकाले गर्नुपर्छ भनेरयो कार्यविधि निर्माण गरिएको बताउदै श्री लोकहरी गौतमको अवकाश जिवन सुखमय होस भन्दै गाउँपालिकाले देश मै नमुनाको रुपमाशिक्षक र विद्यालय कर्मचारी सहयोग ( उपचार तथा अवकाश ) कोष स्थापना गरी सम्मान गरेको बताउनु भयो ।
सम्मान तथा विदाई कार्यक्रममा पाणिनि गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद घिमिरेले गाउँपालिका भित्र अनवरत रुपमाशिक्षाको क्षेत्रमा योगदान दिने विद्यालय कर्मचारी तथा शिक्षकहरुलाई गाउँपालिकाले कार्यविधि वनाएर सम्मान गरेको यो पहिलो पटकभएको बताउनु भयो यसले स्थायी / अस्थायी रुपमा सेवा गरि सेवावाट अवकाश हुदा रित्तो हात घर जानुपर्ने बाध्यतालाई अन्त्य गर्दैविद्यालयमा काम गर्ने अन्य शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई समेत उर्जा मिल्ने बताउनु भयो । उहाँको सेवा अवधि ३४ वर्ष ११मिहिना २३ दिन रहेको थियो ।
पाणिनि गाँउ पालिकामा आयोजित कार्यक्रम आन्तरिक लेखा परिक्षक राम चन्द्र चुदालीको संचालन, पाणिनि गाँउ पालिका अध्यक्षअच्युत गौतमको अध्यक्षतामा सम्पन्न भएको छ । – तस्वीर : डिआरजी सुमन अर्घाखाँची ।