अर्घाखाँचीमा आज सोमबार ३९ जनाले कोरोना जिते, ६ जना संक्रमित थपिए ( सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या १३४ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ५५ जना, भूमिकास्थान नगरपालिकामा २५,                   शितगंगा नगरपालिकामा ८,               मालारानी गाउँपालिकामा छ,                  पाणिनी गाउँपालिकामा २०            र छत्रदेव गाउँपालिकामा ५  जना संक्रमित रहेका छन् । 
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या २७०१  जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ११३७  जना, भूमिकास्थान नगरपालिकामा ४९७ जना,     शितगंगा नगरपालिकामा ३२७ जना,       मालारानी गाउँपालिकामा २६० जना,  पाणिनी गाउँपालिकामा २३०  जना  र छत्रदेव गाउँपालिकामा २५०  जना संक्रमित रहेका छन् ।   
गएको २४ घण्टामा जिल्लाभर ३९  जनाले कोरोना जितेका छन् । जिल्लामा गत वर्षदेखि आजसम्म  २४९९ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा १०६२ जना, भूमिकास्थान नगरपालिकामा ४५७ जना,  शितगंगा नगरपालिकामा ३०८  जना,   मालारानी गाउँपालिकामा २२८ जना,    पाणिनी गाउँपालिकामा २०२ जना   र छत्रदेव गाउँपालिकामा २४२  जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ६८ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २०  जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित ११,    मालारानी गाउँपालिकामा ११,      पाणिनी गाउँपालिकामा ८   र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।
सोमबारको  कोरोना विवरण यस्तो छ: