पाणिनीमा एनआईसी लधुवित्तीय संस्थाद्धारा ७ लाख ऋण मिनाह, ७३ हज़ार काजकिर्या खर्च प्रदान


डिआरजी सुमन 
दुर्गाफाँट, सोमवार, २८ असार २०७८ (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिकामा रहेको एनआईसी एसिया लघुवित्तिय संस्था लिमिटेड दुर्गाफाँट शाखाले वित्तीय कारोबार सहित सामाजिक सेवामा पनि उदाहरणीय काम गरेको छ । 
२०७८ वैशाख महिनामा पाणिनी गाँउपालिका वार्ड नं ३ खिदिमको सादनवुटाका ३२ वर्षीयदुर्गा वहादुर विकको आकस्मिक निधन भएको थियो । 
पाणिनी गाँउपालिका वडा नं ३ का दुर्गा विकले एनआईसी लघुवित्तीय संस्थावाट लगेको सात लाख रकम वुझाउन नपाउदै असामयिक मृत्यु भएपछि परिवारविचलित भएको छ । 
यस्तो विचलित अवस्थामा उहाको मृत्यु पश्चात संस्थाले पुरा ऋण विनाह गरीघर परिवारको लागी काजकिर्यार्थ त्रिहत्तर हज़ार दुई सय रुपैया ७० रक़म समेत प्रदान गरेको छ ।एक कार्यक्रमका विच दुर्गाविकको पत्नी विष्णुमाया विक र मृतकको वुवा रेनवहादुर विक लाई चेक हस्तान्तरण भएको छ  । ज्योति लाईफ़ इंश्योरेंस कम्पनीलिमिटेडका एरिया सेल्स मैनेजर कुशल भूसाल र एनआईसी एसिया लघुवित्तीयसंस्था लिमिटेड दुर्गाफाट शाखा प्रमुख नविन राउतले चेक हस्तांतरण गर्नु भएकोहो । 
पाणिनी गाँउपालिकाको दुर्गाफाँटमा आयोजित कार्यक्रममा अर्घाखाँची डटकम समाचार सम्पादक, परराष्ट्र मामिला तथा व्युरो प्रमुख डिआरजी सुमन, एनआईसीएसिया लघुवित्तीय संस्था लिमिटेडका कार्यालय सहायक दिपाखनाल, प्रशिक्षार्थी एकादेव पौडेल, कल्पना रास्कोटी, सपना पोखरेलको उपस्थितिमा संस्थाको कार्यालयमै चेक हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।- तस्वीर डिआरजी सुमन/अर्घाखाँची ।

अन्य समाचारहरु