अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा सर्वोच्च अदालतले सत्तारुढ दल नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको निर्णयलाई बदर गर्दै संसद पुनःस्थापना गरेको खुसीयालीमा दिपावली गरिएको छ।
सर्वोच्चको फैसला आएको सोमबार साँझ सदरमुकम सन्धिखर्कमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र नेकपा (माओवादी केन्द्र)ले दिपावली गरेका हुन्।
नेकपा (माओवादी केन्द्र)निकट योङ कम्युनिष्ट लिग (वाईसिएल) अर्घाखाँचीले छुट्टाछुट्टै कार्यक्रम गरी दिपावली गरेका हुन्।
एमालेका माधवकुमार नेपाल समूहका २३ सांसदसहित माओवादी केन्द्रको सहयोगमा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री नियुक्तिको दावी गर्दै परेको रिटमा सर्वोच्चको संवैधानिक इजालसले संसद पुनःस्थापना, देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र सांसदलाई ह्वीप नलाग्ने फैसला गरेको थियो।