अर्घाखाँचीडट्कम संवाददाता
संयुक्त अरव ईमिरेट्स सोमवार, २८ असार २०७८ (अर्घाखाँचीडट्कम) । “आपत्कालिन मानवीय सहायता र विपन्नलाई तत्काल राहत र निष्पक्ष सुचना संकलन र प्रवाह” सहितकाउद्देश्य लिएर स्वतन्त्र रुपमा स्थापना भएको डिआरजी सुमन फ़ैन्स कल्व को वर्ष २०२१-२२ को लागी अर्घाखाँची खाँचीकोट वासी युवाचिरन खड्का को अध्यक्षामा नयाँ कार्य समिति चयन भएको छ । डिआरजी सुमन फ़ैन्स कल्वको नियम वमोजिम प्रत्येक वर्ष असारमसान्त भित्र नयाँ समिती घोषणा हुने प्रावधान वमोजिम असार २६,२७ र २८ गते वसेको अनलाईन भेलाले कार्य समिति र साधारणसदस्यको टुंगो लगाएको छ ।
वर्ष २०२१-२२ को लागी गठित समितिमा अध्यक्ष चिरन खड्का, उपाध्यक्ष गोपाल भट्टराई, महासचिव मिलन न्यौपाने,कोषाध्यक्षमा डिलवहादुर विक,कार्य समिति सदस्यमा नेत्र नेपाली,खगेन्द्र विक र गणेश विक भएको छ ।
डिआरजी सुमन फ़ैन्स कल्वको साधारण सदस्यमा हरीश विक, वावुराम घिमिरे, डोल वहादुर विक, राधा रेग्मी, वसन्त आचार्य, युवराजपौडेल, विष्णु आचार्य, मनीषा पुन:, पुनम अधिकारी, राधिका ओझा, चोलनाथ पौडेल, खिम नेपाली, श्याम पौडेल, धर्म पन्थी, सुमनरसाईली, करण जीसी, अर्जुन वुढा, दिनानाथ घिमिरे, सुस्मा सुनार, प्रतिक्षा अधिकारी, राजेश हमाल, मोती पौडेल, लक्ष्मण घिमिरे, सन्तविक, प्रकाश प्युठानी सहित यस वर्ष डिआरजी सुमन फ़ैन्स कल्वमा ५०० जना साधारण सदस्यको सदस्यता स्वीकृति प्रदान गरिएको छ।
स्वतन्त्र रूपमा कलम चलाउदै देश विदेशमा समाचार प्रवाह र पीड़ितको लागी राहतकार्यमा समेत सहभागिता जनाउने पाणिनि गाँउपालिका ५, मैदानमा जन्मिएर विगत एक दशक वढी समय नेपाल कै पहिलो अनलाईन मिडिया अर्घाखाँची डटकम का समाचारसम्पादक, परराष्ट्र मामिला तथा व्युरो प्रमुख समेत रहनु भएका स्वतन्त्र पत्रकार डिआरजी सुमन को विचार र सामाजिक कार्यकोअनुसरण गर्दै मानवीय सेवार्थ स्थापित डिआरजी सुमन फ़ैन्स कल्वले देश तथा विदेशमा विभिन्न प्रकारको सहयोग र उद्धार गर्दै आएकोछ । आफ्नो जन्मदिनमा होटलमा गरिने खर्च हटाएर मानवीय सेवामा लागानी लगाउने,सत्यता लाई साथ लिएर मानवीय सहायता गर्ने रसत्यतथ्य समाचार संकलन र प्रवाह गर्ने यस कल्वको मुख्य उद्देश्य हो । यस क्लबको संरक्षक नेपाल पत्रकार महासंघ काठमांडौकासदस्य पत्रकार दिपक भुसाल हुनुहुन्छ भले सल्लाहकारमा निवर्तमान उपाध्यक्ष राकेश रायमाझी मनोनयन हुनु भएको छ । – तस्वीर: चिरन खड्का ।