अर्घाखाँचीमा कृषि ज्ञान केन्द्रको अन्तरक्रिया तथा वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न (फोटो सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा कृषि ज्ञान केन्द्रले सञ्चारकर्मीहरुसँग अन्तरक्रिया तथा वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । 
सन्धिखर्कमा मंगलवार कृषि ज्ञान केन्द्रले सञ्चारकर्मीहरुसँग अन्तरक्रिया तथा बार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वयका सभापती पिताम्वर शर्मा, सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसाल, निमित्त प्रजिअ बिक्रम थापा, डिएसपी अम्बर बहादुर थापा, सशस्त्र प्रहरी बलका डिएसपी रामकृष्ण महर्जन, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख विनय चतुर्वेदी, पत्रकार महासंघ अध्यक्ष अशोक खनाल लगायतका पत्रकारहरुको उपस्थिती रहेको थियो । 
कार्यक्रममा सहभागीहरुले व्यवसायिक कृषकहरुकाे क्षमतावृद्धि र बिकासमा राज्यकाे ध्यान जानुपर्नेमा जाेड दिएका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा भुसालले झाेला बाेक्नेभन्दा व्यवसायिक कृषककाे लागि लगानी गर्न आग्रह गरे । 
कार्यक्रममा केन्द्रका प्रमुख राममिलन प्रसाद विश्वकर्माले अनुदान साँच्चै गर्नेहरुसम्म पुर्याउनका लागि कुनै कसर बाँकी नराखेकाे बताए । डुप्लिकेट काममा कुनैपनि हालतमा भुक्तानि नदिईएकाे बताए । कार्यक्रम कृषि ज्ञान केन्द्रका प्रमुख राम मिलन प्रसाद विश्वकर्माको अध्यक्षतमा सम्पन्न भएको थियो ।