जापान सरकारले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप दिने घोषणा गरेको छ । यो अक्सफोर्डको एस्ट्राजेनेकाको जापानमा उत्पादित खोप हो । भारतमा सेरम इन्न्स्टिच्युटद्वारा निर्मित कोभिशिक्ल्ड खोपजस्तै हो । पहिलो डोज कोभिशिल्ड खोप लगाएकोहरूले यो खोप लगाउन पाउने छन् ।
कोभ्याक्स सुबिधा अन्तर्गत नेपाललाई खोप उपलब्ध गराउन लागिएको नेपालस्थित जापानी राजदूताबासले आज जनाएको छ । जापानका विदेशमन्त्री मोतेगी तोसिमित्सुले आज यो घोषणा गरेको दुताबासले जनाएको छ ।
‘खोप जुलाई मध्यदेखि अगस्ट अन्तिम सातासम्म आपूर्ति हुनेछ,’ दुताबासले भनेको छ । जापानी राजदुत किकुता युताकाले नेपाल र जापानबीच लामो मैत्रीका रुपमा सहयोग घोषणा भएको जानकारी दिए । नयाँ पत्रिकामा समाचार छ ।