अर्घाखाँची जिल्ला स्वास्थ्य कार्यालयमा ८० वर्ष माथिकालाई कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाईने


श्याम घिमिरे 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला स्वास्थ्य कार्यालयले यही असार ३० गते कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाईदिने भएको छ । 
जिल्ला कोभिड १९ खोप समन्वय तथा अनुगमन समितिको असार २८ गते बसेको बैठकको निर्णय अनुसार फागुन २३ गते देखी चैत्र २ गतेसम्म अर्घाखाँची अस्पताल केन्द्रबाट कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ८० बर्ष उमेर भन्दा माथीका उमेर समुहका जेष्ठ नागरीकलाई ३० गते दोस्रो मात्रा दिईने स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख पुष्पा थापाले जानककारी दिनुभएको छ ।
यस्तै आज (असार २९ गते) छुट भएका पहिलो प्राथमिकतामा परेका समुहलाई पनी असार ३० गते नै खोप लगाइदिने कार्यालयका सुचना अधिकारी बिजय बिकले बताउनुभएको छ ।
यसैबिच १५० जनालाई मात्र खोप पुग्ने भएकोले अर्घाखाँची अस्पताल केन्द्रबाट खोप लगाएका जेष्ठ नागरीक बाहेक अन्य केन्द्रबाट खोप लगाएका जेष्ठ नागरीकहरुले दुःख नपाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । खोप लगाउन आउदा खोप कार्ड र परीचय खुल्ने कार्ड अनिबार्य साथमा ल्याउनुपर्ने कार्यालयले जनाएको छ ।