अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा भोली असार ३१ गतेसम्म जारी निषेधाज्ञा नवौ पटक पुन: निषेधाज्ञा थपिने भएको छ।
डिसिसिएमसी अर्घाखाँचीको बैठकले नवौ पटक पुन: एक साता निषेधाज्ञा थप्ने तयारी गरेको हो । भने जिल्लामा निषेधाज्ञा खुकुलो बनाइने छ ।
उता जिल्लाका यातायात व्यवसायीहरुले जिल्ला बाहिर सार्वजनिक सवारी साधन चलाऊन दिन माग गरेका छन् ।
यस अगाडि स्वास्थ्य मापदण्ड पालना गरेर सुन, भाँडाकुडा, अटो मोबाइल्स, खेलकुद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट, विद्युतीय सामग्रीका पसलहरु सबै खोल्न दिईएको थियो ।
साथै जिल्ला भित्र निजी तथा सार्वजनिक सवारी साधन चलेका छन् ।
यस्तै बैंक तथा वित्तीय संस्थाहरु, खाद्यवस्तु, तरकारी, फलफूल, पानी, दूध तथा दूधजन्य पदार्थ, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल र व्यवसाय लगायत खोल्न दिएको थियो ।
यस्तै सभा/गोष्ठी/सम्मेलन, मठमन्दिर, पार्टी प्यालेसलगायत भीडभाडजन्य क्षेत्रमा रहेको निषेधाज्ञालाई कायम राखिने छ ।
जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन घटेको छ ।
अर्घाखाँचीमा गत वैशाख २१ गते मंगलवारदेखि निषेधाज्ञा जारी छ ।