खाँचीकोटकी ब्लड क्यान्सर पिडित महिलाले पैसा नहुँदा उपचार पाईनन्, आफ्नी आमालाई बचाई दिन छोरी-छोराको अपिल


अर्घाखाँचीडट्कम संवाददाता 
खाँचीकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं ७ खाँचीकोटको डिहीकी एक जना ब्लड क्यान्सरबाट पिडित महिलालाई आर्थिक समस्या परेको छ । 
खाँचीकोटको डिहीकी ब्लड क्यान्सरबाट पिडित बिष्णुमाया थापालाई आर्थिक समस्या परेको हो । बिष्णुमायालाई आर्थिक समस्या परेको भन्दै उपचार नगरि घरमा राखिएको छ । उहाँलाई काठमाडौंको टिचिङ अस्पतालमा लागेर उपचार गराएपनि एक पैसा पनि नहुँदा घर फिर्ता लगिएको थियो ।   
बिष्णुमाया विगत ९ महिनादेखि ब्लड क्यान्सरबाट पिडित हुनुहुन्छ । श्रीमान यम बहादुर थापाकाे वैदेशिक राेजगारीकाे शिलशिलामा मलेसियामा मृत्यु भएपश्चात ३० वर्षकाे कलिलाे उमेरबाट एकल जिवन विताउन बाध्य हुनुभएकी उहाँलाई पुन: अर्काे बज्रपात आईपरेकाे छ ।
२, ४ वर्षका छोरी र छोराले आफ्नी आमालाई बचाई दिन देश विदेशमा सबैलाई अपिल गरेका छन् ।   
जसाेतसाे घर गुजारा गर्दै आउनु भएकी विष्णुमाया स्वयम् क्यान्सरबाट पिडित भएपछि जिवनमृत्युकाे दाेसाँधमा हुनुहुन्छ । भने पृत्री वत्सलबाट बिमुख भएका छोरी र छोराकाे आमा बिष्णुमाया ब्लड क्यान्सबाट ग्रसित भई आर्थिक अभावका कारण उपचार गराउन नसक्दा मातृत्व पनि संकटमा परेकाे छ ।
कसैले सहयोग गर्न चाहेमा तलको विवरण अनुसार संपर्क वा पैसा जम्मा गरिदिन छोरी र छोराले सबैमा अनुरोध गरेका छन् ।  
 
सहयाेगकाे लागि सम्पर्क नं 9847313094 विष्णुमाया थापा (क्यान्सर पिडित)
9847094015 एलिना थापा (छोरि)
9867006885 लक्ष्मी भट्टराई 
ग्लोबल आईएमई बैक बिष्णुमाया थापा
खाता नं 4907010006565 र e-sewa ID 9867006885

अन्य समाचारहरु