अर्घाखाँचीमा आज बुधवार ६ जनाले कोरोना जिते, ६ जना संक्रमित थपिए ( सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या १८९ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ८० जना, भूमिकास्थान नगरपालिकामा ४१,                    शितगंगा नगरपालिकामा १४,                मालारानी गाउँपालिकामा २९,                   पाणिनी गाउँपालिकामा २०            र छत्रदेव गाउँपालिकामा ५  जना संक्रमित रहेका छन् । 
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या २७७०  जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ११६८  जना, भूमिकास्थान नगरपालिकामा ५१७ जना,     शितगंगा नगरपालिकामा ३३५ जना,       मालारानी गाउँपालिकामा २६९ जना,  पाणिनी गाउँपालिकामा २३१  जना  र छत्रदेव गाउँपालिकामा २५०  जना संक्रमित रहेका छन् ।   
गएको २४ घण्टामा जिल्लाभर ६  जनाले कोरोना जितेका छन् । जिल्लामा गत वर्षदेखि आजसम्म  २५१३ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा १०६८ जना, भूमिकास्थान नगरपालिकामा ४६१ जना,  शितगंगा नगरपालिकामा ३१० जना,   मालारानी गाउँपालिकामा २२९ जना,    पाणिनी गाउँपालिकामा २०३ जना   र छत्रदेव गाउँपालिकामा २४२  जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ६८ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २०  जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित ११,    मालारानी गाउँपालिकामा ११,      पाणिनी गाउँपालिकामा ८   र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।
बुधवारको  कोरोना विवरण यस्तो छ: