ठाडाको रजियामा नवनिर्मित १२ नम्बर वार्ड कार्यालय भवनकाे उद्घाटन कार्यक्रम सम्पन्न (फोटो सहित)


शितगंगा खबर | अर्घाखाँचीडट्कम संवाददाता  
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १२ ठाडाको रजियामा नवनिर्मित वार्ड कार्यालय भवनक तथा आधारभूत  स्वास्थ केन्दको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । 
ठाडाको रजियामा सोमबार नवनिर्मित वार्ड कार्यालय भवन
तथा आधारभूत  स्वास्थ केन्दको उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।
९ महिना अगाडी निमार्ण सम्पन्न भएकाे भवनकाे उद्घाटन एक कार्यक्रम बीच नगर प्रमुख सूर्य प्रसाद अधिकारीले रिवन काटी  गर्नु भएको थियो । कार्यक्रममा   वडाअध्यक्ष बाबुराम गैरे लगायत वार्डका जनप्रतिनिधीहरुको उपस्थिती रहेको थियो । 
करिव ५० लाखको लागतमा नगरपालिका द्धारा निमिर्त भवन बनेपछि सेवाग्राहीहरुले सहजै सेवापाउनेमा बिश्वास लिइएको छ । भाडाको घरबाट सेवा सञ्चालन गर्दा सेवाग्राहीहरुको भिडभाड हुँदानिकै समस्या हुने गरेकोले अब भने सहजहुने वडा अध्यक्ष बाबुराम गैरेले बताउनु भयो । वडा कार्यालय निमाणको लागि सबै जनप्रतिनिधी हरु पनि अहोरात्र खटेकोले पनि समय अगावै कार्यलय सम्पन्न गर्न सफलभएको गैरेले बताउनु भयो ।
भवन निमार्णको लागि जग्गा प्रदान गर्ने जग्गादाता यज्ञ प्रसाद बेल्बासे र ऋषि बेल्बासे कार्यक्रममा सम्मान गरिएको थियो । यस्तै नगर प्रमुख सुर्य प्रसाद अधिकारीले कार्यालयको उद्धघाटन गर्दै सेवा लिन आउनेहरुको सहजताको लागि वडा कार्यालय भवन निमाणलाई प्राथमिकता दिएको बताउनु भयो । आगामी बर्ष सम्ममा सम्पुर्ण वडा कार्यालय निमाण सम्पन्नगर्ने बताउनु भयो ।  यस्तै आजनै नगर प्रमुख सुर्य प्रसाद अधिकारी तथा नगर उपप्रमुख टिका रेस्मिले आधारभुत स्वास्थ इकाइको समेत उद्धघाटन गर्नु भएको छ ।
स्वास्थ एकाइ भवन उद्धघाटन गदै नगर प्रमुख आधारभुत स्वास्थमा हरेक नागरिकको पहुच पुराउन नगरपालिकाले हरेक वडामा स्वास्थ इकाइ तथा गाँउघर क्लिनक हरु सञ्चालन गरिरहेको बताउनु भयो ।  यस्तै नगर उपप्रमुख टिका रेस्मिले सामान्य सिटामोल लिन टाडा पुग्नु पर्ने अबस्थाको करिव अन्त्य भएको बताउनु भयो । हरेक वडामा अहिले आधारभुत स्वास्थको पहुच रहेको रेस्मिले बताउनु भयो ।कार्यक्रममाबिभिन्न वडाका वडा अध्यक्ष स्थानिय राजनितिकदलका नेताकार्यक्रता लगायतको उपस्थित रहेको थियो ।

अन्य समाचारहरु