शितगंगा खबर | अर्घाखाँचीडट्कम संवाददाता
जलुके, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ७ जलुकेमा नेपाली कांग्रेस कार्यकर्ता भेटघाट तथा भेला सम्पन्न भएको छ ।
जलुकेमा नेपाली कांग्रेसका महासमिति सदस्य तथा पुर्व मन्त्री रेवती प्रसाद भुसालको प्रमुख आथित्यतामा कार्यक्रता भेटघाट तथा भेला सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाली काग्रेशका जिल्ला सचिव छबिलाल पौडेल, नगर संयोजक मोती बेल्बासे, नगर सचिव सुमन्त पौडेल ,नेपाल मगर संघ शितगंगाका अध्यक्ष मान बहादुर सारु ,नम्बर ७ का सभापति गिरी बैजाली, वडा नम्बर ५ का सभापति चन्द्रमणी बेल्बासे लगायतको उपस्थितमा सम्पन्न अन्तरकृयामा आगामी अबिधेसनमा सबैले मान्य गरि नेत्तृत्व ल्याउने बिषयमा आज छलफल भएको वडा नम्बर ४ का सभापति दिपक पौडेलले जानकारी दिनु भयो । कार्यक्रममा वडा नम्बर ७ का कृयाशित सदस्यहरुको सहभागिता रहेको थियो ।
कांग्रेस शितगंगाले १४ औ महाधिवेसन नजिकिए सँगै कार्यक्रता भेटघाट तथा सक्रीयता बढाएको छ ।
फोटो: अराज बेल्बासेबाट