अर्घाखाँचीमा कृषि ज्ञान केन्द्रले मकै मिसन कार्यक्रमको पैसा किसानहरुलाई दिएन्


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा कृषि ज्ञान केन्द्रले मकै मिसन कार्यक्रम अन्तरगत दिनुपर्ने रकम नदिएको किसानहरुले गुनासो गरेको छ ।
किसानहरुले अर्थिक बर्ष  २०७७/७८ लुम्बिनी प्रदेशबाट बिनियाेजित रकमबाट मकै मिसन कार्यक्रमबाट रकम नपाएको गुनासो गरेका हुन् ।
अर्घाखाँची जिल्लामा मकै मिसन कार्यक्रममा कृषि ज्ञान केन्द्रमा विभिन्न जिल्ला भरका कृषि समूह, सहकारी, फर्मले उक्त कार्यक्रम गर्न जिल्ला स्थित कृषि ज्ञान केन्द्र बाट २५ वटा समूह, सहकारी, फर्मले नियम अनुसार काम गरेका थिए ।
उक्त १ लाख पाउनु पार्ने थियाे असारकाे अन्तिममा कृषि ज्ञान केन्द्रबाट ३० हजार पाएको मालारानी गाउँपालिका वार्ड नम्बर ४ खनकाे कृषि समुहले बतायो । तर अन्य केही समूहले १ लाखमा ३२ हजार मात्रै खातामा पाएका छन् । 
याे बिसयमा मकै मिसन कार्यक्रम सम्झौता गरेका किसान र कार्यालय बिच छलफल गर्दा  किसानले के कति करणले पैसा घटेकाे  भनेर कार्यालय प्रमुखसँग छलफल पनि गरेका थिए । तर कृषि ज्ञान केन्द्रले मतलब नगरेपछि अहिले किसानहरुले न्यायका लागि जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।