चोलनाथ पौडेल
पोखराथोक, अर्घाखाँची (अर्घाखाँचीडट्कम) विहिवार, ३१ असार २०७८ । अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिका वार्ड नं २ पोखराथोकमा एक क्यान्सर पीड़ित आर्थिक अभावको कारण उपचारको लागी सहयोगको अपील गर्नु अवस्था आई परेको छ ।
पाणिनी गाँउपालिका २ नं वडाअध्यक्ष अध्यक्ष नेत्र प्रसाद भट्टराई, अर्घाखाँचीडटकम व्युरो प्रमुख डिआरजी सुमन,पाणिनि डेक्स प्रमुख चोलनाथ पौडेल,समाजसेवी प्रमोद गौतम पिंडितको घरमै पुगी विरामीकोअवस्था वुझी सहयोग हस्तान्तरण गरिएको छ ।
समाजसेवी प्रमोद गौतमले डिआरजी सुमन फ़ैन्स कल्वलाई उपलव्ध गराएको रकम डिआरजी सुमन फ़ैन्स कल्व मार्फ़त पाणिनि गाँउपालिका २,को क्यानसर पिडित राधा विकलाई नगद ५,००० हस्तान्तरण गरेको छ । समाजसेवी प्रमोद गौतमले रेडक्रस लगायतकासस्थावाट आफुले सहयोगको लागी पहल गर्ने वताउदै अर्घाखाँची डटकम र डिआरजी सुमन फ़ैन्स कल्व लाई धन्यवाद ज्ञापन गर्नु भएकोछ । पाणिनि गाँउ पालिका वडा नं २ का अध्यक्ष नेत्र प्रसाद भट्टराई ले आफु र २ नं वडा को तर्फवाट सहयोग गर्ने वताउनु भएको छ । वडाअध्यक्षकै पहलमा पाणिनि गाँउ पालिका वाट २०,०००/- यस अघि नै दिलाई सकिएको छ ।
पाणिनि गाँउ पालिका वडा नं २ को वडा कार्यालयवाट गरिएको सिफ़ारिशमा निम्न विषय उल्लेख गरिएको छ ।
“अर्घाखाँची पाणिनि गाउँपालिका वडा नं २ साबिक पोखराथोक गा.बि.स. ४ निबासि शेष बहादुर बि.क.को श्रीमती बर्ष ५५ कि राधाबि.क. बिगत ६ बर्ष देखि क्यान्सर रोग बाट ग्रस्त भई चितवन भरतपुर बि.पि.कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराईरहेको छ । उहाँको हाल सम्म उपचार गराउँदा १८ लाख वढी खर्चभएपछि घरको आर्थिक अवस्थाले नपुगेको र सम्पुर्ण जाय ज्यथालेनपुग्ने भएकोले मेरो श्रीमतीको जीवन रक्षाका लागि लामो समय सम्म उपचार गराई राखनु पर्ने भएकोले धेरै धनराशि आबश्यक पर्नेभएको हुदा थप उपचारको लागि आर्थिक सहयोगका निमित्त जनता संग सहयोग जुटाउनु पर्ने भएकोले सक्दो सहयोग गरिदिनुहुन भनियस पाणिनि गाँउ पालिका वडा नं २ कार्यालयमा दिएको निवेदन अनुसार निज शेष बहादुर बि.क.को हाल घरको आर्थिक स्थिति अतिनैकमजोर भएको र निजको श्रीमती राधा बि.क. लाई उपचारको क्रममा आफु सक्दो सहयोग गरिदिनुहुन अनुरोध छ ।
साथै निज अतिबिपन्न बर्गमा पर्ने ब्यहोरा पाणिनि गाँउ पालिका वडा नं २ का वडा अध्यक्ष नेत्र प्रसाद भट्टराई ले सहयोगको लागी सिफ़ारिश गरेकोपत्रमा उल्लेख गरिएको छ ।”
उहाँको घरको अवस्था निकै नाज़ुक भएको जनाउदै अर्घाखाँची डटकम् व्युरो प्रमुख लाई डिआरजी सुमन फ़ैन्स कल्वका सदस्य समेतरहेका समाजसेवी गणेश विक ,समाजसेवी प्रमोद गौतमले अनुरोध गरेपछि पिडितको घरमै पुगी रिपोर्ट संकलन गरिएको छ । गणेश विकर प्रमोद गौतमले राधा वचाउ अभियानमा सहयोगको लागी अभियान चलाएको जानकारी गराउनु भएको छ । – तस्वीर डिआरजी सुमन/अर्घाखाँची ।