सन्धिखर्कका मेयर कमल प्रसाद भुसालद्धारा जयमाता सुनचाँदी पसलको उद्घाटन


शोभाखर पन्थी  
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा जयमाता सुनचाँदी पसलको उद्घाटन भएको छ ।   
जयमाता सुनचाँदी पसलको सन्धिखर्कमा उद्घाटन गर्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले उद्योग व्यवसायीका समस्या प्रति आफुहरु सचेत रहेको बताउनु भएको छ ।
 उहाँले कोभिड १९ का कारण चौपट भएको व्यापार व्यवसायले बिस्तारै गति लिन लागेको भन्दै बिचलित नभई आआफ्नो व्यवसाय समाल्न व्यवसायी हरुलाई अग्रह गर्नुभयो । नगर वासी लाई दु:ख परेको समयमा नगरपालिकाले सहयोग गर्ने भन्दै उहाँले यहाँका जनताको संरक्षण गर्ने दायित्व आफ्नो भएको बताउनुभयो ।
पसलका व्यवस्थापक बावुराम सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नं. १ का अध्यक्ष युवराज वन्जाडे,हेवि ईम्युमेन्टका केन्द्रीय उपाध्यक्ष बसन्त भुसाल , सुनचाँदी व्यवसायी संघका प्रदेश सदस्य टोपेन्द्र बराली,जिल्ला आयुर्वेद अस्पतालका प्रमुख कमल आचार्य ,प्रेस चौतारी नेपालका प्रदेश संयोजक शोभाखर पन्थी लगायतका वक्ताहरूले मन्तव्य राख्दै व्यवसायीहरुका समस्या प्रति सचेत हुन राज्यको ध्यानाकर्षण गराउनु भएको थियो ।
सन्धिखर्क नगरपालिका वडा नं. १ शान्ति बगौचाको पुर्वी गेटमा स्थापित सुनचाँदी पसलमा दक्ष कालिगड द्वारा सुनचाँदीका गरगहना निर्माण गरि बिक्रीवितरण गरिने जनाईएको छ ।

अन्य समाचारहरु