अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कदेखि काठमाडौंसम्म चल्ने सार्वजनिक सवारी साधनहरुले अब २०० रुपैया बढी भएका छन् ।
सन्धिखर्कदेखि काठमाडौंसम्म चल्ने सार्वजनिक सवारी साधनहरुले यसअगाडी ७८८ लिदै आएकोमा अब ९८८ लिने भएका हुन् । यो भाडा जाँदाजादै केपी ओली सरकारले बढाएको हो ।
सन्धिखर्कदेखि काठमाडौंसम्म ३८७ किमी दुरी रहेको यस सडकमा २८ प्रतिशत वृद्धि भएको छ।
त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत र तराईमा २६ प्रतिशत वृद्धि भएको छ। एकैपटक २८ प्रतिशतसम्म भाडा बढाइएको विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न कोणबाट टीकाटिप्पणी भइरहेको देखिन्छ।