केरुङ्गामा सन्धिखर्क- तम्घास सडक खण्ड अस्तव्यस्त, स्थानीय निकाय मौन


असलम अली 
केरुङ्गा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ४ केरुङ्गामा सन्धिखर्क- तम्घास सडक खण्ड अस्तव्यस्त हुँदा स्थानीयबासीले सास्ती भोग्नु परेको छ ।  
केरुङ्गाको कालिका बोर्डिङ स्कुल नजिकैको सन्धिखर्क- तम्घास सडक खण्ड बिग्रेको करिब २ महिना पुग्दा पनि स्थानीय निकाय मौन छ। 
बारम्बार स्थानीय निकायका जनप्रतिनिधि लाई फोन सम्पर्क गरेर बाटो सुधारका निम्ति आग्रह गर्दा पनि कुनै चासो नदेखाएको स्थानीयबासीहरुले गुनासो गरेका छन्। सवारीसाधनहरु पनि हिलाम्मे सडकमा निकै सास्ती खेप्न बाध्य छन् । दिनमै करिब ५/६ वटा टेक्सीहरु धकेलेर पार लाउन बाध्य भएको स्थानीय युबाहरु बताउछन् ।
सबन्धित निकायको समयमै ध्यान जान नसक्दा त्यो बाटो भएर यात्रा गर्ने सर्वसाधारण तथा बिरामी बोक्ने एम्बुलेन्स लगायत पैदलयात्रीसमेतलाई अत्यन्त कष्टकर  भएको सरोकारवालाहरुको गुनासो रहेकोे छ।

अन्य समाचारहरु