प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले कृषकहरुलाई मागको आधारमा प्लाष्टिक टनेल वितरण गरेको छ ।
कृषकहरुको मागको आधारमा ५० प्रतिशत अनुदानमा वटा ५ सय ७७ वटा प्लाष्टिक टनेल वितरण गर्न शुरु गरिएको नगर पालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले बताउनु भयो । उहाँले परम्परागत कृषि पेशालाई आधुनिक, प्रविधिमैत्री र वैज्ञानिक बनाउने कार्यक्रम अनुसार टनेल वितरण भएको जानकारी दिनु भयो ।
सन्धिखर्क नगरपालिकााले कृषकको मागको आधारमा कार्यक्रमहरु सञ्चालन गरेको र जस्का कारण कृषकहरु प्रत्यक्ष प्रत्यक्ष लाभान्वित भएको नगर उपप्रमुख ठाकुर कुमार विकले बताउनु भयो ।
नँया आर्थिक बर्ष शुरु भए संगै आरन , तथा मेसिनरी औजार वितरण गर्न शुरु गरेको पालिकाले अहिले कृषि कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा टनेल वितरण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिनुभयो । उहाँले यसबाट कृषि उत्पादनमा बृद्धि हुने र कृषकको जीवन स्तर सुधार हुने बताउनु भयो ।
मागको आधारमा कृषकहरुलाई ५० प्रतिशत अनुदानमा १४ सय ३० रुपैयामा प्लाष्टिक टनेल वितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले बताउनु भयो ।