प्रधानमन्त्री देउवाद्वारा कोरोनाको खोप खरीद प्रक्रिया चुस्त रुपमा अघि बढाउन निर्देशन


काठमाडौं, साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको खोप खरीद प्रक्रिया चुस्त रुपमा अघि बढाउन निर्देशन दिनुभएको छ ।
आइतबार सिंहदरवारमा स्वास्थ्य मन्त्रालयका सचिव, विशिष्ठ विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक र खोप महाशाखा प्रमुखलाई बोलाएर प्रधानमन्त्री देउवाले खोप किन्ने प्रक्रिया चुस्त बनाउन निर्देशन दिनुभएको हो ।
यसैगरी, उहाँले अधिकारीहरुलाई खोप केन्द्रमा भएको भीड व्वस्थापनका लागि खोप केन्द्रहरु बढाएर सहज रुपमा खोप लगाउने व्यवस्था गर्न पनि निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री देउवाले अधिकारीहरुसँगको भेटको तस्वीर राख्दै सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुएको छ, ‘कोरोनाको खोप खरिदलाई चुस्त रुपमा अघि बढाउन र खोप केन्द्रहरु बढाएर सहज रुपमा खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयका सचिव, मन्त्रालयका विशिष्ठ विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक, खोप महाशाखाका प्रमुख लगायतलाई बोलाएर निर्देशन दिएको छु ।’ इमेज च्यानलमा समाचार छ ।