सन्धिखर्कको शान्ती बगैंचामा रेलिङ्ग सहितको सडक पेटी निर्माण, चिटिक्क हुँदै


अर्घाखाँची संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क स्थित शान्ती बगैंचा क्षेत्र वरिपरि नाली र रेलिङ्ग सहितको सडक पेटीले निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । 
सन्धिखर्कको शान्ती बगैंचा क्षेत्र वरिपरि नाली र रेलिङ्ग सहितको सडक पेटीले निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । निर्माणाधीन सडक पेटी आगामी मंसिर १० गतेसम्म  हुनुपर्ने छ । 
लुम्बिनी प्रदेश सरकारको लगानिमा रु. १,२८,२०,५८२.४२ को लागतमा निर्माण हुँदै गरेको सडक पेटीबाट नगरको शुन्दरता अभिबृद्दी हुनुका साथै बालबालिका, बृद्द र असक्तहरुलाई सुरक्षित रुपमा पैदल यात्रा गर्न सहज हुने  अपेक्षा गरिएको छ ।  
यस्तै सन्धिखर्क नगरलाई आधुनिक शहरमा रुपान्तरण गर्ने उद्धेश्यले आगामी आर्थिक वर्ष २०७८/०७९ मा सडकको अर्को तर्फ पनि पेटी निर्माण गरिने योजना रहेको बताइएको छ । 
साथै सन्धिखर्क, चुत्राबेसी बजारमा सडक पेटी नहुँदा अस्तव्यस्त छ । 
तस्बिर: श्रीकृष्ण भुसालबाट/फेसबूक 

अन्य समाचारहरु