अर्घाखाँचीडट्कम संवाददाता
अर्घा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९ अर्घाका बिपन्न समुदायका बिद्यार्थीहरुको लागि शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।
अर्घाका बिपन्न समुदायका बिद्यार्थीहरुको लागि मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत सोमबार झोला सहितका शैक्षिक सामाग्री वितरण गरिएको हो ।
अर्घाका बिभिन्न विधालयमा अध्यनरत बिपन्न समुदायका बिद्यार्थीहरुको लागि प्रति विद्यार्थी झोला १, बिद्यालय पोशाक – सर्ट पाइन्ट १ सेट, कापी १ दर्जन र डटपेन ५ पिस लगायतका शैक्षिक सामाग्री वितरण गरिएको छ ।
कार्यक्रममा सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार विक लगायतको उपस्थिती रहेको थियो ।