अशोक खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका स्थित उपभोक्ता हकहित समिति को बैठक सम्पन्न भएको छ ।
सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालको प्रमुख आतिथ्यता मा सम्पन्न बैठकमा निमित्त प्रमुख प्रशासकीय अधिकृत मन्जु खनाल उधोग बाणिज्य संघका महासचिव प्रदीप मिश्र चेम्बरअफ कमर्शका अध्यक्ष अशोक श्रेष्ठ जिल्ला स्थित शुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि सन्धिखर्क नगरपालिकाका बिषयगत शाखाका प्रमुखहरु सरोकार तथा संचारकर्मीहरुको उपस्थित रहेको थियो ।
बैठकले उपभोक्तहरुको हित र संरक्षणका लागि सम्पुर्ण सरोकार वाला बिच अन्तरक्रीया गर्ने ,बजार अनुगमन गर्ने ,बोका तथा खसीको मूल्य प्रती केजि रु. ८१० कायम गर्ने जस्ता महत्त्वपूर्ण निर्णय गरेको छ ।
बैठक सन्धिखर्क नगरपालिकाका नगरउपप्रमुख ठाकुर कुमार बिकको अध्यक्षतामा सम्पन्न भएको थियोे ।